नेभिगेशन
जीवनयापन

नगर प्रहरी प्रमुखबाट हटाइए धनपति

काठमाडौं–काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले वर्तमान नगर प्रहरी प्रमुख धनपति सापकोटालाई हटाएका छन् । उनले सापकोटाको स्थानमा एसपी राजु पाण्डेलाई नियुक्त गरेका छन्। काठमाडौं महानगरपालिकाका सह–प्रवक्ता महेश काफ्लेले नियमित प्रकृया अनुसार सापकोटालाई परिवर्तन गरिएको बताए । उनका अनुसार सापकोटालाई मेयर बालेनले प्रशासनतर्फ खटाएका छन् । काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक (एसपी) छन्। जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको सह–प्रवक्ता महेश काफ्लेले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्