नेभिगेशन
जीवनयापन

२८६ संक्रमित थपिए, ४७९ निको

काठमाडौं– आइतबार थप २८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ४३२ नमूना परीक्षण गर्दा २८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले देशभर चार हजार ३४८ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ४७९ जना संक्रमित निको भएका छन् । यो अवधिमा मृत्यु हुनेको सख्या शून्य रहेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्