नेभिगेशन
जीवनयापन

नितिश कुमारद्वारा नेता गिरिप्रति श्रद्धाञ्जली

काठमाडौं– भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीटरमार्फत नेता गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । ‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य प्रदीप गिरिको निधन दुःखद । उनी नेपाली राजनीतिका दार्शनिक तथा समाजवादी विचारक थिए,’ उनले ट्वीट गरेका छन्, ‘उनले सबै राजनीतिक दलबाट आदर र सम्मान प्राप्त गरेका थिए ।’ शनिबार राती निधन भएका गिरिको आज पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ । https://twitter.com/NitishKumar/status/1561260864744722432?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1561260864744722432%7Ctwgr%5E05198bede6fafa5e3d4f49eef5ec01b51acc1cb2%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fpublish.twitter.com%2F%3Fquery%3Dhttps3A2F2Ftwitter.com2FNitishKumar2Fstatus2F1561260864744722432widget%3DTweet
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्