नेभिगेशन
जीवनयापन

मलद्वार दुखेमा के गर्ने ?

१. रातो खुर्सानीको पात, कालो मरिचलाई पानीमा पिसी छानेर राख्नुहोस् । उक्त पिसेको धुलोलाई दु:खेको स्थानमा लगाउनाले आराम मिल्छ । २. गर्मीको समयाम खानु, जाडोको समयमा खरवुजालाई तताएर खानाले मलद्वार दुख्न छाड्दछ । ३. तुलसीको सुकेको पात २० ग्राम, अनवायन २० ग्राम, सेतो नुन १० ग्राम यी तिनै चिजलाई पिसेर बिहान–बेलुका पानीसँग खानाले आराम मिल्दछ । ४. फुलकाउलीको १० ग्राम सुकेको पातमा मिश्री मिलाई बिहान बेलुका खानाले मलद्वार दुख्न छाड्छ । ५. ५० ग्राम बबुलको पात, हर्राे १० ग्राम, सुपारी १० ग्रामलाई मिलाई ३०० ग्राम पानीमा उमाल्नुहोस् । उमालिसकेपछि उक्त मिश्रणलाई खानाले दिसा सम्बन्धी समस्या बन्द हुन्छ । ६. १० ग्राम हर्राेमा १ ग्राम कालो नुन मिलाई खानु राम्रो मानिन्छ । ७. नरम तथा सादा खानाहरुको सेवन गर्नु उपयुक्त हुन्छ । साभार: ‘मेरो डाक्टर’ पुस्तकबाट  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्