नेभिगेशन
जीवनयापन

सफलता चाहनु हुन्छ भने असफलताको दरलाई बढाउँदै लैजानुस्

लेखक आर्थर गोर्डनले आईबीएमका संस्थापक थोमस जे वाँटसनसँग एक पटक सोधे, लेखकको रुपमा छिटै सफल हुनको लागि उनले के गर्नुपर्छ ? अमेरिकी कारोबार जगतका नामी वाटसनले यो प्रश्नका जवाफमा यसो भने, यदि तपाईं तेजीका साथ सफल हुन चाहनुहुन्छ भने तपाईंले आफू असफल हुने दरलाई पनि दुईगुणा गर्नुपर्ने छ । । असलमा सफलता त असफलताको अर्काे छेउमा हुन्छ । वास्तविकता के हो भने तपाईं जति असफल हुनुहुनेछ, त्यति नै सफलता तपाईंको नजिक आउने छ । तपाईंको असफलताले तपाईंलाई सफलता पाउनको लागि तयार बनाइदिएको छ । यसैले धेरैजसो देख्ने गरिन्छ असफलताको झरीपछि सफलताको वर्षा हुन्छ । यही कारण हो जब कुनै बेला केही विचार आउँदैन, तब असफलताको दर दुईगुणा गरिदिनुस् । तपाईं जति नयाँ नयाँ कुरा गर्ने कोसिस गर्नुहुनेछ, त्यति नै विजयी हुने सम्भावना बढ्ने छ । कुनै डरमा काबू पाउनको लागि तपाईंले त्यही काम गर्नुपर्छ जसमा डर लागिरहेको होस् तबसम्म जबसम्म तपाईंमा डरको कुनै प्रभाव रहँदैन । साभार: ‘सोच बदलौँ’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्