नेभिगेशन
जीवनयापन

माओवादीको २१ सदस्यीय जम्बो पदाधिकारीमा पम्फा भुसाल एक्ली महिला

काठमाडौं - निकै लामो कसरतपछि नेकपा माओवादी केन्द्रको पदाधिकारी टुङ्गो लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीको टुंगो लगाएको हो । २१ सदस्यीय पदाधिकारीमा महिला भने एक जना मात्र चयन भएकी छिन् । ऊर्जामन्त्री समेत रहेकी पम्फा भुसाल पदाधिकारीमा परेकी छिन् । पम्फा उपमहासचिव पदमा चयन भएकी हुन् । स्थायी समितिमा ११ महिला नेता समेटेको माओवादीले पदाधिकारी चयन गर्दा भने संविधानको धज्जी उडाएको छ । प्रत्येक संगठनमा कम्तीमा ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने भएपनी माओवादीले त्यसको पालना गरेन् । माओवादीको बैठकले देव गुरुङलाई महासचिव बनाएको छ । महासचिवमा दाबी गरिरहेका वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मासहित गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल उपमहासचिव बनेका छन् । पदाधिकारीमा चयन हुने अधिकांश यसअघि माओवादी केन्द्रको स्थायी समितिमा रहेकाहरु नै छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्