नेभिगेशन
जीवनयापन

‘अझै आदिवासी जनजातिले अधिकार पाएका छैनन्’

झापा - स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले अझै पनि आदिवासी जनजातिले पूर्ण अधिकार पाउन नसकेको बताएका छन् । नेपाल राजवंशी र नेपाल धिमाल सङ्घको केन्द्रीय सम्मेलनमा उनले आदिवासी जनजातिले विद्रोहको नेतृत्व गरेको स्मरण गर्दै आदिवासीले न्याय नपाएका कारण देशको उन्नति हुन नसकेको टिप्पणी गरे । सम्मेलनले नेपाल आदिवासी जनजाति महासङ्घको प्रदेश कमिटी र घटक सङ्गठन नेपाल राजवंशी र नेपाल धिमाल सङ्घको केन्द्रीय कमिटी गठन गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्