नेभिगेशन
जीवनयापन

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ - नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका हुन् । ‘कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार खटिएका चिकित्सक र परिवारबाट जानकारी प्राप्त भएको छ’, संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कांग्रेस संसदीय दलले नेता गिरिको स्वास्थ्य लाभको प्रार्थना समेत गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्