नेभिगेशन
जीवनयापन

सावधान ! स्मार्टफोन प्रयोगले निम्त्याउन सक्छ यी समस्या

प्रविधिमैत्री विश्वमा आजकल स्मार्टफोनको प्रयोग अनिवार्य झै बनेको छ । स्मार्टफोन प्रयोगको लत लागेका कारण प्रयोगकर्तामा यसको लत नै बसेको छ । स्मार्टफोनको लत कतिसम्म छ भने मानिस बिना फोन शौचालयसम्म जादैनन् न खाना नै खान्छन् । तर स्मार्टफोनको अत्यधिक प्रयोग गर्दा यसले स्वास्थ्यमा नकारात्मक असर पार्ने चिकित्सक बताउँछन् । स्मार्टफोनको धेरै प्रयोग गर्ने मानिसमा निम्न रोगको संभावना रहन्छ । – क्यान्सर तथा मुटुरोग अत्यधिक स्मार्टफोनको प्रयोग गर्ने मानिसमा यसबाट निस्कने रेडिएसनले स्वास्थ्यमा नकारात्मक असर पुर्याई क्यान्सर तथा मुटुरोग जस्ता घातक रोग लाग्ने सम्भावना हुन्छ । अझ स्मार्टफोन प्रयोगको लत बसेका मानिसमा हृदयघात समेत हुने संभावना हुन्छ । – आखाँको ज्योती गुम्ने स्मार्टफोनको प्रयोगकर्तामा फोनमा हुने चम्किलो उज्यालोले आँखाको ज्योति गुम्ने खतरा हुन्छ । साथै यसको प्रविधि र साना अक्षरका म्यासेज तथा फाइल पढ्नाले आखाँमा बल पर्न गई बिस्तारै अन्धोपन हुनसक्छ । स्मार्टफोनको अत्यधिक प्रयोगले आँखामा साना कालो गोला दागहरु हुने, आखाँको मुनी कालो हुदै जाने, आखाँबाट पानि बग्ने समस्या देखिन्छ । – श्रवण शक्तिमा समस्या स्मार्टफोनको प्रयोगकर्ताले श्रब्य अथवा आवाजजन्य सामाग्रि सुन्ने गर्दछन् । नियमित रुपमा यसरी फोनबाट अडियो सुन्नाले श्रवण शक्तिमा समस्या भई बिस्तारै कानको जाली कमजोर हुँदै जानसक्छ । र कान समेत सुन्न नसक्ने बनाउन सक्छ । – चिढिने बानि हुने अत्यधिक स्मार्टफोन मात्रमा झुम्मिने मानिसमा चिढिने बानी बस्दै जान्छ । स्मार्टफोनमा मात्र घोरीरहने मानिस परीवार तथा साथिभाईसंग घुलमिल हुन चाहाँदैनन् । जसका कारण परीवारमा समय कम दिनाले बिस्तारै परीवारबाट टाढिदै जाने, रीसाउने र चिढिने तथा झर्किने गर्दछन् । – नंपुसता हुन सक्छ सुन्दा पत्यार नलाग्ला, तर स्मार्टफोनको धेरै प्रयोग गर्ने मानिसमा यसबाट उत्पन्न हुने रेडिएसनले नंपुशता समेत बनाउन सक्छ । स्मार्टफोनबाट निस्कने रेडिएसनले पुरुषको टेस्टिस र अक्सिटोसिन हर्मोनलाई क्षति पुर्याई नपुंशक बनाउन सक्छ भने महिलालाई पिसाबको संक्रमण हुने तथा गर्भाशय क्यान्सर समेत हुने खतरा हुन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्