नेभिगेशन
जीवनयापन

एसएस फाउन्डेसनद्वारा नागार्जुनको विद्यालयलाई झोला सहयोग

काठमाडौँ - एसएस फाउन्डेसनले काठमाडौं नागार्जुनको विद्यालय लाई छ सय ८०४ वटा स्कुल को झोला आज बिहीबार हास्तरण गरेको छ । राप्रपाका पूर्व अध्यक्ष पशुपति समशेर जबराले विद्यालयलाई फाउन्डेसनले झोला हस्तारण गरेका हुन् । एसएस फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठ, एसएस फाउन्डेसनका सल्हाकार सोभित उप्रेती र समाजसेवी तथा राप्रपा नेता सुन्दर प्रकाश खड्का दोलखा क्षेत्र नं २ का राप्रपा का अध्यक्ष कुमार कार्की समाजसेवी मनिषा श्रेष्ठलगायत ले बिहीबार झोला सहयोग गरेको र यस्तो कार्यले विद्यार्थीलाई स्कुल जानबाट वञ्चित हुन नपर्ने र आगामी दिन हरु मा पनि यस्तो स्कूल ले बालबालिका को लागि आपत विपत मा साथ दिँदै जाओस् भन्दै एसएस फाउन्डेसन विद्यालय का प्रिन्सिपल ले धन्यवाद दिए । अध्यक्ष मदन दास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ । फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो । फाउन्डेसनका अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि पनि देश भरी एसएस फाउन्डेसनले आपतविपतको बेला सहयोग गर्ने बताए । यसअघि एसएस फाउन्डेसनले डोटीको केआई सिंह गाउँपालिका ४ मा अवस्थित झिमे मालिका विद्यालयलाई २२ सय थान झोला, त्यस्तै गरी दोलखाका विभिन्न गाउँपालिका अन्तर्गत १० वटा विद्यालय लाई पनि २१ सय थान झोला वितरण गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै