नेभिगेशन
जीवनयापन

सुमन सायमी काठमाडौं-८ बाट उम्मेदवार बन्ने

काठमाडौँ - गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार सुमन सायमी प्रतिनिधिसभा निर्वाचनमा पनि भिड्ने भएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा सायमी काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन् । स्थानीय निर्वाचनमा १३,७७० मत प्राप्त गरी पराजित भएका उनी सम्पदा आन्दोलनका कारण लोकप्रिय छन् भने बालेन शाहसँग राम्रो सम्बन्ध छ । त्यस्तै अर्की स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ महर्जन पनि प्रतिनिधिसभा निर्वाचनमा भिड्ने भएकी छन् । श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार दिने घोषणा गरेकी हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै