नेभिगेशन
जीवनयापन

तीन बुँदे सहमति कार्यान्वयन गर : नेपाल कम्यूनिष्ट पार्टी

खोटाङ - विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले २०७७ साल फागुन २१ गते नेपाल सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी खोटाङका सेक्रेटरी सञ्जिव लुंगेली मगरले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन-पत्र पठाउँदै ‘नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिवन्ध हटाउने, कारागारमा रहेका नेता तथा कार्यकर्ताको रिहाई र सम्पूणर् मुद्धाहरु खारेज गर्ने’ सहमति कार्यान्वयनको माग गरेका छन् । सरकारले सहमती कार्यान्वयन गर्नुको सट्टा उल्टै महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगायतका नेता कार्यकर्तालाई गत १६ साउनमा ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरेको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । उक्त पक्राउ पुर्जी नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच भएको सहमतिको विरुद्धमा भएको र मुलुकलाई जवरजस्त द्धन्द्धमा धकेल्ने नियोजित मनसायमा आधारित रहेको ज्ञापन-पत्रमा उल्लेख छ । ‘सहमति अनुसार हालसम्म पनि जेलमा रहेका नेता, कार्याकर्तालाई रिहाइ गरिएको छैन । झुट्टा मुद्धा खारेज गरिएको छैन,’ सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहलाई बुझाइएको ज्ञापन-पत्रमा भनिएको छ, ‘उल्टै नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगाउतका नेता कार्यकर्तालाई गत १६ साउनमा ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरिएको छ ।’ नेपाल कम्यूनिष्ट पार्टीले सरकार समक्ष भ्रष्टाचार र असिमित रुपमा बढिरहेको मूल्यावृद्धि नियन्त्रणको माग गरेको छ । ‘देश चरम मूल्यावृद्धि र भ्रष्टाचारको दलदलमा फसेको छ । चौतर्फी क्षेत्रमा व्याप्त भ्रष्टाचारले गर्दा देश कंगालीकरणतर्फ धकेलिएको छ । चर्को मूल्यावृद्धिका कारणले जनताको जीवन कष्टकर बन्दै गएको छ,’ ज्ञापन-पत्रमा भनिएको छ, ‘अतः तत्काल भ्रषचार रोक्ने र असिमित रुपमा बढिरहेको मूल्यावृद्धि नियन्त्रण गर्न माग गर्दछ ।’ ज्ञापन-पत्रमा नेपालको सामरिक महत्वको भूगोलमाथि आफ्नो हस्तक्षेप कायम गरेर राजनीतिक तथा सैन्य अतिक्रमणलाई मजबुद बनाउने उद्धेश्यमा आधारित एमसिसि सम्झौता र एसपिपि परियोजना खारेज गर्न माग गरेको छ । यस्तै, विगतमा भएका राष्ट्रहित विपरितका असमान सन्धी तथा सम्झौता खारेज गर्न माग गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै