नेभिगेशन
जीवनयापन

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका बुढाथोकी पक्राउ

काठमाडौं - खातामा रकम नभएको चेक दिएर ठगी गरेको आरोपमा ४२ लाख जरिवाना तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका-७ घर भएर काठमाडौंको बानेश्वर बस्ने निरज बुढाथोकी छन् । ३९ वर्षीय बुढाथोकी लाई कोटेश्वरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी कमल थापाले जानकारी दिए । उच्च अदालत पाटनले २०७७ पुसमा बुढाथोकीलाई ४२ लाख जरिवाना र ८ दिन कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए । निरले दिएको सेन्चुरी बैंक कोटेश्वर शाखाको चेक बाउन्स भएपछि पीडितले उनीविरुद्ध उजुरी हालेका थिए । उनलाई जिल्ला अदालतको आदेशले डिल्लीबजार कारागार चलन गरिएको एसपी थापाले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै