नेभिगेशन
जीवनयापन

बिजुली चुलोको प्रयोग बढाउन सिंहदरबारमा ग्यास सिलिण्डर लैजान रोक

काठमाडौं– खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । सिंहदरबारको गेटमा खटिएका सुरक्षाकर्मीका अनुसार उनीहरुलाई ग्यास सिलिण्डर भित्र जान नदिन आदेश दिइएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको शुभारम्भ सिंहदरबारबाटै गर्ने घोषणा गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै