नेभिगेशन
जीवनयापन

रवि लामिछानेको पार्टी आसन्न प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

काठमाडौँ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आसन्न प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ। पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार आउँदो मंसिर ४ गतेलाई तय भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमध्ये प्रतिनिधि सभामा भाग लिने अध्यक्ष लामिछानेले बताएका छन्। आफ्नो पार्टीको उम्मेदवारी संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा मात्र रहने लामिछानेले भिडियो सन्देशमार्फत् जानकारी गराएका छन्। सोही अनुसार निर्वाचन आयोगलाई जानकारी गराइसकिएको उनले बताएका छन्। यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य दोहनमा सहभागी हुनुबाहेक केही नहुने उनको भनाइ छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै