नेभिगेशन
जीवनयापन

सत्यताको चिनारीः एक प्रेरक प्रसङ्ग

एक पटक मणिबेन आफ्ना बाबु सरदार पटेललाई औषधी पिलाइरहेका थिए तब वरिष्ठ कांग्रेसी महावीर त्यागी आफ्ना केही साथीहरु लिएर कोठामा प्रवेश गरे । कुराकानीको बेलामा उनले देखे–उनको धोतीको ठाउँठाउँमा मैलो लागेको छ । ‘मणिबेन तिमी त आफूलाई धेरै ठूलो मानिस सम्झन्छौ । तिमी एउटा यस्तो बाबुकी छोरी हौ, जसले एक वर्षभित्र यति ठूलो चक्रवर्ती राज्य स्थापित गरेका छन्, यति ठूलो न अकबरको थियो न अशोकको । यस्तो ठूला सरदारकी छोरी भएर तिमीलाई यस्तो खालको धोती लगाउन लाज लाग्दैन ?’ महावीर त्यागीले उनलाई सोधे । मणिबेनले भनिन्, ‘लाज त तिनीहरुलाई आउनुपर्ने हो जो झूट बोल्छन्, बेइमानी गर्छन् र शेखी देखाउँछन्, हामीलाई किन लाज लाग्नु ? म गरिब बाबुकी छोरी हुँ, राम्रो कपडा कहाँबाट ल्याउनु, नैतिक दृष्टिले स्वस्थ जीवन जिउन सकौं । यसको लागि यथार्थलाई चिन्ने र अंगीकार गर्ने आवश्यकता छ, जुन केवल सादगी रुपबाट नै सम्भव छ । मणिबेनको यो भनाइ सुनेर महावीर त्यागी र उनका सबै साथी हतप्रभ भए र नतमस्तक भएर हिँडे । साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै