नेभिगेशन
जीवनयापन

अटलविहारी वाजपेयीका केही अमर वाणीहरु

१. समताका साथ ममता, अहिकारका साथ आत्मीयता, वैभवका साथ सादगी नवनिर्माणका प्राचीन स्तम्भ हुन् । २. भगवान् जे गर्दछन्, त्यो भलाइकै निमित्त गर्दछन् । ३. परमात्मा एउटै हुन्, तर उनको प्राप्तिका अनेक मार्ग छन् । ४. जीवनलाई खण्ड–खण्डमा बाँड्न सकिन्न, पूर्णतामा नै त्यसको विचार गरिनु पर्दछ । ५. मलाई स्वदेश प्रेम, जीवन–दर्शन, प्रकृति तथा मधुर भावका कविताले बाल्यवस्थादेखि नै आकर्षित गर्दै आएका छन् । राम चरितमानस त मेरो प्रेरणाको स्रोत बनेको छ । जीवनको समग्रताको जुन वर्णन गोस्वामी तुलसीदासले गरेका छन्, त्यस्तो विश्व साहित्यमै छैन । ६. साहित्य र राजनीतिको कुनै भिन्न भिन्न खण्ड हुँदैन । जो राजनीतिमा रुचि लिन्छ, ऊ साहित्यका लागि समय बचाउन सक्दैन र साहित्यकारले राजनीतिका लागि समय दिन सक्दैन । तर केही यस्ता मानिस छन्, जो दुवैका लागि समय दिन्छन् । ती अभिनन्दनीय छन् । साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै