नेभिगेशन
जीवनयापन

मेयर शाहले भेटे प्रधानमन्त्री, फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ - काठमाडौंका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फोहोर व्यवस्थापनको विषयमा छलफल गरेका छन् । मेयर शाहले प्रधानमन्त्री देउवालाई बन्चरेडाडा ल्यान्डफिल साइट जाने सडक खण्डको स्तरोन्नति गर्न आग्रह गर्दै सरकारको तर्फबाट भएका प्रतिबद्धताहरू कार्यान्वयन गराउनका लागि आग्रह गरेको उनको सचिवालयले जनाएको । शाहको सचिवालयमा फोहोर व्यवस्थापन सम्बन्धी हेर्दै आएका विज्ञ सुनिल लम्सालका अनुसार स्थानीयको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने विषयमा छलफल भएको थियो । मेयर शाहले इमरजेन्सी बजेट विनियोजन गरेर भए पनि भत्किएको सडक बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको लम्सालले जानकारी दिए । केही समययता सत्तारुढ दलकै स्थानीय नेताले बन्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन् । महानगरले प्रहरीको सहयोगमा फोहोर विसर्जन गर्दै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै