नेभिगेशन
जीवनयापन

नागरिकता विधेयक यथावत राष्ट्रपतिकहाँ पठाउने निर्णय निरंकुश : रावल

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूले नागरिकता विधेयक जस्ताको तस्तै पुनः राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेकामा आक्रोश व्यक्त गरेका छन् । दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि आफूकहाँ पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई पुनर्विचार गर्न भन्दै संसदमा फिर्ता पठाएकी छन् । यस सम्बन्धमा आज बसेको सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताको बैठकले नागरिकतासम्बन्धी विधेयक पुनः राष्ट्रपतिकहाँ पठाउने निणर्य गरेको छ । ती नेताले आआफ्ना पार्टी र संसदीय दलमा छलफलै नगरी नागरिकता विधेयक जस्ताको तस्तै पुनः राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने निर्णय गर्नु निरंकुश, स्वेच्छाचारी भएको आरोप एमाले नेता रावलले लगाएका छन् । ‘नागरिकता जस्तो देशको भविष्य गाँसिएको विषयमा देशभक्त नेपालीहरूको आवाज र पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश आउँदा पनि गठबन्धनका नेताहरूले पार्टी र संसदीय दलमा कुनै छलफल नगरी प्रमं निवासमा बसेर विधेयकलाई फेरि यथावत् राष्ट्रपतिकहाँ पठाउने निर्णय गर्नु निरंकुश स्वेच्छाचारी कृत्य हो’, रावलले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै