नेभिगेशन
जीवनयापन

चुनावमा भाग लिन ८४ दलले दिए आवेदन (सूचीसहित)

काठमाडौँ - आउँदो मंसिर ४ गते सुरु हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भाग लिन ८४ वटा राजनीतिक दलहरूले आवेदन दिएका छन् । निर्वाचन आयोगले यसका लागि साउन ३१ गतेसम्मका लागि समयावधि तोकेको थियो । सोही अवधिमा ती दलहरू दर्ता भएका हुन् । आयोगले निर्वाचनमा भाग लिन आवेदन दिएका दलहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । निर्वाचन आयोगका अनुसार अब आयोगले भदौ ८ गतेसम्म दलहरूको निवेदनमाथि अध्ययन एवं छानबिन गर्नेछ । यसअघि गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा भने ८० दलहरूले भाग लिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै