नेभिगेशन
जीवनयापन

पूर्वका व्यापारी कट्टेलको करोडौंको कर छली बाहिरियो, ‘सेटिङ्ग’ मा प्रहरीकै सहयोग

झापा - पूर्वका व्यापारी लक्ष्मण कट्टलको करोडौंको कर छली बाहिर आएको छ । झापाका व्यापारी कट्टेलले मोरङको नाकाबाट कपडा भित्र्याउँदा करोडौंको राजश्व छली गरेको घटना सार्वजनिक भएको हो । बर्षौदेखि सेटिकमा तस्करीमा सक्रिय कट्टेलले समूह नै बनाएर झापा र मोरङका नाकामार्फत हजारौ पोका कपडा तस्करी गरेको फेला परेसँगै उनको कर छली सतहमा आएको हो । गएको साउन १५ गतेबाट झापाको केचनास्थित खुटामनी नाकाबाट मात्रै कट्टेलको समूहले ७५ पिकअप कपडा र ३ सय बोरा चिनी तस्करी गरेको पाइएको छ । प्रहरीलाई महिनामारी मोटो रकम बुझाइ स्थानीय तस्कर जब्बर राजवंशीको नाममा लाइन खोलेर कट्टेल समूहले ठूलो परिमाणको लत्ताकपडा र चिनीको तस्करी गर्ने गरेको पाइएको छ । केचना नाकाबाट तस्करी गरिएको उक्त कपडामध्ये हरेक रात बनियानीका अरुण साहको गोदाममा २ गाडी, भद्रपुरका बिशाल पकुवालकोमा २ गाडी र भद्रपुरकै नाम नखुलेका एक ब्यापारीको गोदाममा १ गाडी अनलोड गर्ने गरेको तस्करी कार्यमा संलग्न एक मजदुरले जानकारी दिए । एक पिकअपमा १८ देखी २२ पोकासम्म कपडा लोड हुने गरेको छ । त्यस्तै कपडाको मुल्य ७० हजार रुपँयादेखी एक लाख रुपँयासम्म प्रतिपोका रहेको उनले बताए । त्यसवापत कट्टेलले अरुण साह, बिशाल पकुवाल र किरण शाहबाट ५ सय रुपँया प्रतिपोका अतिरिक्त रकम असुल्ने गरेका छन् । नाम नखुलेका ती ब्यापारीबाट भने एक लाख रुपँया प्रतिमहिना बुझ्ने गरेका छन् । कट्टेलले अर्जुन ठकुरीको हातबाट उक्त रकम बुझने गरेको प्रत्यक्षदर्शीको भनाई छ । त्यस्तै, कट्टेलका अतिरिक्त जब्बर राजवंशी र तुलाराम हलुवाईले केरिङ चार्ज वापत ८ हजार पाँच सय रुपँया प्रतिपोका ब्यापारीबाट लिदै आएका छन् । केचना नाकाबाट तस्करी गरिएको कपडा बोकेका उक्त पिकअप भद्रपुर गोदामसम्म ल्याउन कट्टेल स्वयमले अघि-अघि स्कटिङ गरिदिने गरेका छन् । त्यस्तै स्कटिङका लागि उनले बिर्तामोडमा अस्थायी बसोबास रहेका प्रकाश खतिवडा नामका एक ब्यक्तिलाई आफूसँगै लिएर हिड्ने गरेको स्रोतले जानकारी दिएको छ । सशस्त्र प्रहरीका बिओपी सम्हाल्ने इन्सपेक्टरको केही दिनअघि सरुवा भएयता तस्करीको लाइन रोकिएको स्रोतको भनाइ छ । तर, तस्करी खुलाउन कट्टेल, जिल्ला प्रहरी कार्यालय झापाका घुमुवा हवल्दार कृष्ण चौधरी र लामो समय झापामा घुमुवा भएर जागिर खाएर हालसालै अवकाश प्राप्त सई दिपक बाँनिया सोमबार बिर्तामोडको एक होटलमा छलफल बसेको प्रत्यक्षदर्शीले बताए । त्यस्तै, आज मंगलबार पनि लाईन खुलाउने बिषयमा तस्कर समूहका कट्टेल, तुलाराम हलुवाई र जब्बर राजवंशी बिर्तामोडस्थित खानपिन होटलमा छलफलमा बसेका थिए । आज रातिबाटै लाईन खुल्ने र उनीहरुले पुन कपडा तस्करी गर्ने परिपञ्च मिलाइसकेको स्रोतको भनाई छ । कट्टेलले आफ्नो कालाकर्तुत बाहिर जान नदिन सञ्चारमाध्यममा समेत लगानी गर्दै आएको पाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै