नेभिगेशन
जीवनयापन

लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमालेमा प्रवेश

बुटवल - लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादव एमालेमा प्रदेश गरेका छन् । उनी २०७४ को प्रदेशसभा निर्वाचनमा बाँकेको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका थिए । यसअघि उनी जसपामा थिए । बाँकेमा मंगलबार आयोजित एक कार्यक्रमका नेकपा एमाले केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय कमिटी सचिव एवं एमाले लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालगायतले यादवलाई पार्टीमा स्वागत गरेका हुन् । यसअघि एमाले नेतृत्वको प्रदेश सरकारमा पार्टीको निणर्यबिना सहभागी भएको भन्दै उनलाई जसपाले कारवाही गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै