नेभिगेशन
जीवनयापन

माओवादी केन्द्रमा आबद्ध युवाहरूको ठूलो समूह नेकपा एमाले प्रवेश

महोत्तरी - नेकपा माओवादी केन्द्रमा आबद्ध महोत्तरीका युवाहरूको ठूलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ । युवा नेता तथा मधेस प्रदेश वाइसीएलका इन्चार्ज शङ्कर महतो, जिल्ला इन्चार्ज मनोज थापासहित युवाहरूको ठूलो समूह आज नेकपा एमालेमा प्रवेश गरेको हो । एमाले अध्यक्ष केपी सर्मा ओलीले आज एक कार्यक्रमकाबीच जिल्लाबाट काठमाडौं बोलाएर उनीहरूलाई प्रवेश गराएका हुन् । प्रवेश गर्नेहरूमा बर्दिबासका स्थानीय नेता नीरज अधिकारी, रामगोपालपुर र गौशालाबाट समेत झण्डै एक दर्जन युवाहरूलाई अध्यक्ष ओलीले खादा र सिन्दूर लगाएर प्रवेश गराएका थिए । निर्वाचन नजिकिँदै गर्दा युवाहरूको ठूलो समूह प्रवेश गर्नुलाई महत्त्वपूर्ण ढङ्गले हेरिएको छ । पाटीले क्षमता भएका युवाहरूलाई निषेध गरेको हुनाले नेकपा एमाले रोजेको उनीहरूको भनाइ छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै