नेभिगेशन
जीवनयापन

हर्क साम्पाङले भेटे प्रचण्ड, श्रम अभियानमा जोडिन गरे आग्रह

काठमाडौँ - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । आज (मंगलबार) मेयर साम्पाङसँगै उपमेयर इन्द्रविक्रम मेघाले खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् । मेयर र उपमेयरले धरानको विकास र समृद्धिका विषयमा कुराकानी गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । साम्पाङले धरानको श्रम अभियानमा जोडिन समेत प्रचण्डलाई आग्रह गरेका थिए । धरानमा साम्पाङ स्वतन्त्रबाट मेयर निर्वाचित भएका हुन् भने मेघा माओवादी केन्द्रबाट निर्वाचित हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै