नेभिगेशन
जीवनयापन

थप ८४८ मा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौँ - नेपालमा पछिल्लो २४ द्दण्टामा थप ८४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार २,७२२ पीसीआर परीक्षणमा ३९९ र २ हजार ८९७ एन्टीजेन परीक्षणमा ४४९ जनामा संक्रमण देखिएको हो । २४ घण्टामा जम्मा ५,६१९ नमुना परीक्षण भएको थियो । २४ घण्टामा निको हुनेको संख्या ५२६ रहेको छ भने एक जनाले ज्यान गुमाएका छन् । मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५,२५९ पुगेको छ । २४ घण्टामा ९० हजार ४४७ जनाले खोप लगाएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै