नेभिगेशन
जीवनयापन

प्रचण्डले भने, ‘म र बाबुराम सँगै उभिने कुराको धेरै ठूलो अर्थ छ’

काठमाडौं - सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू र डा. बाबुराम भट्टराई एक ठाउँमा उभिएको बताएका छन् । आज (मंगलबार) पेरिसडाँडामा पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा उनले आफू र बाबुराम सँगै उभिने कुराको धेरै अर्थ रहेको पनि बताएका छन् । ‘बाबुराम र प्रचण्ड सँगै उभिने कुराको धेरै ठूलो अर्थ छ । अब हामी उभियौँ । कसैले रोकेर रोकिँदैन । यद्यपि अहिले नै पार्टी एकता भएको त छैन । तर चुनावपछि एउटै केन्द्र बनाउने सहमति भएको छ’, उनले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै