नेभिगेशन
जीवनयापन

एम्बुलेन्समा गाँजा सरर...

जनकपुरधाम– एम्बुलेन्समा राखेर गाँजा ढुवानी गरिएको भेटिएको छ । सिरहा प्रहरीले एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद गरेको छ । गाँजा बरामद भएपछि एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका–१ मा को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ । सोमबार राति सवारीसाधन जाँच गर्ने क्रममा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । साहका अनुसार एम्बुलेन्सको पछाडि बिरामी राख्ने भागमा ५ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा र २८ हजार रुपैयाँ नगद बरामद भएको छ । गाँजा बरामद भएपछि एम्बुलेन्स चालक सिरहाको धनगढीमाई नगरपालिका(९ बस्ने २९ वर्षीय सरोज लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै