नेभिगेशन
जीवनयापन

वीरगञ्ज महानगरले १० हजार बोरा युरिया मल उपलब्ध गराउने

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिकाले आफ्ना नगरवासी किसानलाई थप १० हजार बोरा युरिया मल उपलब्ध गराउने भएको छ । यसका लागि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशीक कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच सोमबार चार बुँदे सहमति समेत भएको छ । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले किसानका माग अनुसारको मल मल उपलब्ध गराउन समन्वय गरेका थिए । किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको छ ट्रक मल सोमबार नियन्त्रणमा लिएका थिए । सहमति पछि ती मल वीरगञ्ज महानगरलाई बुझाइएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै