नेभिगेशन
जीवनयापन

अवरुद्ध कर्णाली करिडोर खुल्यो

सुर्खेत - शनिबारदेखि अवरुद्ध रहेको कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरको कालीकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका-१ को लालीघाटमा शनिबार पहिरो जाँदा अवरुद्ध भएको थियो । कणर्ाली करिडोरको कालीकोट खण्डमा पर्ने लालीघाट भिरमा पहिरो खस्दा शनिरबारदेखि अवरुद्ध राजमार्ग सोमबारदेखि खुलेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । ‘पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमितरूपमा सुचारु भएको छ’, उनले भने, ‘वर्षायाम लागेसँगै कर्णाली राजमार्ग र करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग पटक पटक अवरुद्ध हुँदै आएको छ ।’ कर्णाली करिडोरमा पानी पर्नासाथ ठाउँठाउँमा पहिरो जाने भएकाले सडक अवरुद्ध हुने पलाँता गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायाले बताए । ‘भिरालो ठाउँबाट खडक खनिएका कारणले सधैँ पहिरो जाने गर्छ’, उनले भने, ‘पहिरोका कारणले सधैँ सास्ती हुने गरेको छ ।’ कणर्ाली करिडोर स्तरोन्नति नहुँदा हिउँद र वर्षायाममा पहिरो जाँदा हुने समस्याका कारण सडक डिभिजन कार्यालय जुम्ला र हुम्लालाई सडक स्तरोन्नतिका लागि आवश्यक पहल गरिदिन कालीकोट सान्नी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहले आग्रह गरिन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्