नेभिगेशन
जीवनयापन

बञ्चरेडाँडामा फोहोर फाल्न नदिने गठबन्धनका तीन दलको घोषणा

काठमाडौं–गठबन्धनमा आबद्ध धादिङको धुनिवेशी नगरपालिका–१ का ३ दलले बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका छन् । आइतवार तीन दलका स्थानीय नेतृत्वले विज्ञप्ती जारी गर्दै काठमाडौंको फोहोर अव्यवस्थित तरिकाबाट फाल्दा स्थानीय वासिन्दाको जनजीवन अत्यन्तै कष्टकर बनेको भन्दै अब फोहोर फाल्न नदिने घोषणा गरेका हुन् । धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले नगरपालिकाको प्रमुखलाई पत्र बुझाएर फोहोर फाल्न नदिने जानकारी गराएका छन् । ‘स्थानीय बासिन्दाले उचित माग राख्दै विभिन्न समयमा गरेको आन्दोलनपश्चात काठमाडौं महानगर लगायत राज्यको विभिन्न अंगसँग पटक–पटक गरेर अहिलेसम्म १७४ वटा सहमति भएको थियो । त्यो सहमति कार्यान्वयन गर्न नचाहेको र राज्यको आफ्नै निकायले गरेको सम्झौता पूरा गर्नुको साटो उल्टै राज्य शक्तिको दुरुपयोग गरेर पीडित जनतामाथि प्रहरी प्रशासन घरभित्रै पसेर ज्यादति गरेको छ’, पत्रमा भनिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै