नेभिगेशन
जीवनयापन

घर बनाउँदा होस् वा किन्दा यी कुरामा ध्यान दिनुहोस्

अधिकांश मानिस वर्षौको मेहनतको रकम घरजग्गामा प्रयोग गर्दछन् । तर वर्षाैको मेहनत खर्चेर बनाइएको घरमा भने थोरै मात्र होस् पुर्याइएन भने त्यसले कलह उत्पन्न गर्न सक्ने वास्तुशास्त्रको मान्यता छ । त्यसैले घर बनाउँदा बास्तुअनुसार बनाउनु उत्तम मानिन्छ । यसका लागि निम्न कुरामा ध्यान दिनुपर्दछ । पर्खाल र घरको उचाई घर बनाउँदा दक्षिण र पश्चिम दिशाका पर्खाल, उत्तर र पूर्व दिशाको पर्खालभन्दा केही अग्लो र मोटो बनाउनुहोस् । यस्तै सडकको सहतभन्दा घर केही फुटको उचाईमा हुनुपर्छ । अन्यथा घरमा आर्थिक संकट आउने र कलह बढ्ने वास्तुको मान्यता छ । दक्षिण पश्चिममा अग्ला रुख घर निर्माण भएको स्थानमा अनुकुलताअनुसार दक्षिण र पश्चिम दिशामा अग्ला हुने विरुवा रोप्नु पर्दछ । यसले घरमा समृद्धि ल्याउने र रुखको शितलताले परिवारमा सकारात्मक भाव विकाश गर्ने मान्यता छ । घरको मध्य भाग खाली घर बनाउँदा घरको मध्यभाग खाली हुनुपर्दछ । किनेको घरमा बिच भाग खाली छैन भने खाली राख्ने प्रयास गर्नुपर्छ । घरको बिच भागमा कुनै निर्माण गर्नुहँुदैन । साथै कुनै भारी वस्तु राख्नु हुदैन । घरको बिच भागलाई ब्रह्मको स्थान मानिन्छ । पश्चिम दिशामा भण्डार कक्ष घरको भण्डार वा खाद्यान्न सामाग्री राखिने कोठा सकेसम्म दक्षिण पश्चिम, नभए पश्चिम दिशामा मात्र बनाउनुपर्छ । भण्डार कोठा दक्षिण पश्चिम दिशामा भए यसले परिवारमा समृद्धि बढाउने मान्यता छ । भण्डार कोठामा पकाइएका खानेकुरा धेरै दिन राख्नु हुदैन । ढोका र झ्यालको नियमित सफाई घरका सबै ढोका तथा झयालहरुको नियमति सफाई हुनुपर्दछ । घरभित्र पर्ने मुख्य प्रवेशद्वारमा फोहोर थुर्पानु हुँदैन । यसले संचित धनमा समेत हानी गर्ने मान्यता छ । पंक्षीमैत्री घर घर बनाउँदा छत वा छानामा पंक्षीका लागि पानी खाने भाडो राखेर पानी भरेर छाड्नु पर्दछ । यसो गरे घरमा धनको अभाव नहुने मान्यता छ । पंक्षीप्रतिको सद्भावले मानिसमा सकारात्मक ऊर्जा र धन प्राप्तिमा समेत लाभ गराउँछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै