नेभिगेशन
जीवनयापन

तारकेश्वरमा सौर्य बत्ती जडान गरिने

काठमाडौं–काठमाडौँको तारकेश्वर नगरपालिकाका सडकमा सौर्य बत्ती जडान गरिने भएको छ । नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको प्राविधिक सहयोगमा नगर उज्यालो कार्यक्रमअन्तर्गत मुख्य सडकमा तीन सय ४० सोलार बत्ती जडान गर्न लागेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले रु दुई करोड ६० लाखमा नगरपालिकाभित्रको मुख्य सडकमा सौर्य बत्ती जडान गर्न लागेको जानकारी दिए । उनका अनुसार ५० मिटर दूरीमा सडक बत्ती जडान गरिनेछ । नगरप्रमुख महर्जनले जरङ्खुदेखि काभ्रेस्थलीसम्म, जरङ्खुदेखि चिसापानीसम्म, नेपालटारदेखि साङ्लासम्म, लोकतान्त्रिक चोकदेखि फुटुङसम्म र महादेवखोला करिडोरमा सौर्य बत्ती जडान गर्ने बताए । ‘मुख्य सडकबाहेक आवश्यक परेको ठाउँमा भित्रि सडकमा समेत बत्ती जडान गर्छौं’, उनले भने । यस्तै, नगरपालिकाभित्रका बिजुली तारलाई भूमिगत गर्ने भएको छ । नगरपालिकाका प्रमुख महर्जनले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुलमान घिसिङलाई भेटेर नगरपालिकाभित्रको अव्यवस्थित बिजुलीका तार भूमिगत गर्नेबारे ध्यानाकर्षण गराएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै