नेभिगेशन
जीवनयापन

राप्रपा नेपालकाे केन्द्रीय समिति बैठक साउन ३० र ३१ गते काठमाडौंमा

काठमाडौँ - राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी साउन ३० र ३१ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीहरुको सचिवालय, संगठन, प्रशिक्षणसम्बन्धी प्रतिवेदन, प्रदेश अध्यक्षहरुको सांगठनीक प्रतिवेदन पेश हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा कोषाध्यक्षको आर्थिक प्रतिवेदन, जनवर्गीय संगठनका प्रमुखहरुको प्रतिवेदन, आगामी संघ र प्रदेश निर्वाचनको तयारी र रणनीतिबारे समेत छलफल हुने बताइएको छ । करिब तीन हप्ताको बेलायत भ्रमण सम्पन्न गरी अध्यक्ष थापा भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै