नेभिगेशन
जीवनयापन

माओवादी स्थायी कमिटी बैठक : सिट बाँडफाँटबारे प्रचण्डलाई कार्यदलका सदस्यको ‘रिपोर्टिङ’

काठमाडौं - आउँदो मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मोडालिटीबारे छलफल गर्न बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा सिट बाँडफाँट कार्यदलमा भएका छलफलको बारेमा रिपोर्टिङ भएको छ ।

निर्वाचनको तालमेल मोडालिटीबारे कार्यदलमा भएका विषयहरुको अध्यक्ष प्रचण्डलाई जानकारी गराइएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।  ‘अध्यक्ष जापानबाट फर्किएपछि सिट बाँडफाँट कार्यदलमा भएको छलफलबारे औपचारिक रुपमा जानकारी गराइएको थिएन्,’ ती सदस्यले भने, ‘आजको बैठकमा विशेषतः तीनै विषयको रिपोर्टिङ भयो ।’

सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटबारे निर्णय लिन ११ सदस्यीय कार्यदल बनाएको छ । सो कार्यदलको प्रगतिबारे बैठकमा वर्षमान पुन र देव गुरुङले रिपोर्टिङ गरेका थिए । ‘सामान्य मोडालिटीको बारेमा छलफल भयो,’ गुरुङले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै