नेभिगेशन
जीवनयापन

आजको मौसम–कतै मेघ गर्जन, कतै हल्का वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शनिबार राति देशका पहाडी भू(भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशको थोरै र प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको थोरै र प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू–भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै