नेभिगेशन
जीवनयापन

बच्चाको दाँत आउँदा देखिने यी लक्षण

सामान्यतया बच्चा जन्मिएको ६ महिनापछि दाँत उम्रन सुरु हुन्छ । तर, सबैमा यो एकनास हुँदैन । कति बच्चाको एक वर्षपछि पनि दाँत उम्रन सक्छ । अभिभावकमा आफ्ना साना नानीहरुको दाँत आउने बेलामा निकै तनाव हुने गर्दछ । साना नानीहरु पनि दाँत उम्रदा बेचैन हुन्छन् । बच्चाको दाँत उम्रने समयमा उनीहरु गिजामा दबाव दिन थाल्छन् । उनीहरुलाई केही चपाइरहन रुची लाग्छ । यस्तामा केही कुरामा ध्यान दिनु पर्दछ । दाँत आउँदाको लक्षण
  • ज्वरो आउन सक्छ ।
  • पखाला लाग्न सक्छ ।
  • दाँत उम्रने समयमा गिजा सुन्निने वा रातो हुन्छ ।
  • र्‍याल बढी चुहाउने गर्दछन् ।
  • तिर्खा बढी लाग्छ ।
  • मुखमा दाग, घाउ देखापर्न सक्छ ।
यी लक्षण देखिएमा के गर्ने ?
  • बच्चाको गिजा चिरिएर दाँत उम्रन थाल्छ । यस क्रममा गिजा चिलाउने, दुख्ने हुन्छ । यसबेला केहि विधी अपनाउन सकिन्छ ।
  • बच्चाको दाँत उम्रने बेला केरा, उसिनेको स्याउ, सुन्तलाको जुृस, दाल, खिचडी, सुजीको खिर जस्ता खानेकुरा खान दिनु उपयोगी हुन्छ ।
  • दाँत उम्रने बेला यस्ता चिज दिने जसमा क्याल्सियम, प्रोटिन, आइरन, भिटामिन र मिनरल्स पर्याप्त पाइयोस् ।
  • बच्चालाई मल्टी भिटामिन ड्रप्स, जस्तो कि भिटामिन डि–३ दिनुपर्छ । यदि १० महिनापछि पनि बच्चाको दाँत उम्रिएन भने क्याल्सियम सिरप दिनुपर्छ ।
  • बच्चालाई घाममा निकाल्नु राम्रो हुन्छ । यसले उनीहरुको दाँत तथा हड्डी बलियो हुन्छ । किनभने घामबाट प्राकृतिक भिटामिन डि प्राप्त हुन्छ ।
  • बच्चाको हातमा गाजर, बिस्कुट जस्ता खानेकुरा दिनुहोस्, जसले गिजा चिलाएको राहत हुन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्