नेभिगेशन
जीवनयापन

क्यानडा जाने सोंचमा हुनुहुन्छ ? प्रक्रियाबारेमा जान्न चाहनु हुन्छ ? (हेर्नुस् भिडियो)

काठमाडौं - क्यानडा जानका लागि सबैले रहर गर्छन । तर, प्रक्रियाहरु भने थोरैलाई मात्र थाहा हुन्छ । जसले प्रक्रियाको बारेमा बुझेको हुन्छ उनीहरु सहजै क्यानडा जान्छन् । उतैको पिआर पाउँछन् र परिवार पनि उतै लैजान्छन् । तर, प्रक्रिया नबुझेकाहरु क्यानडा जानका लागि थुप्रै खर्च लाग्ने ? झञ्जटिलो हुनेलगायतका प्रश्नहरु मनमा राखेर बसेका हुन्छन् । रेगुलेटेड क्यानडियन इमिग्रेसन कन्सलटेन्ट (आरसीआईसी) का सिईओ मुगा राजभण्डारीले यसलाई सहज तरिकाले बुझाउने कोशिस गरेका छन् । उनले विद्यार्थी, व्यापारी, कामदार, भ्रमणलगायतका भिसाहरुमा क्यानडा जान सकिने जानकारी दिए । काठमाडौँमा आयोजित एक सेमिनारमा बोल्दै सिईओ राजभण्डारीले भिसा के कति कारणले एप्रुभ हुन्छ र के कति कारणले रिजेक्ट हुन्छ भन्नेबारेमा पनि राम्रोसँग जानकारी दिएका छन् । विद्यार्थी भिसाका लागि २५ देखि ३० हजार डलर लाग्ने अनुमान उनले सुनाए । विद्यार्थीहरु मर्कामा नपरुन् भन्नका लागि कलेजले लिने फिससँग एक वर्षका लागि १० हजार खाने बस्ने खर्च र अन्य पकेट मनी (गोजी खर्च) गरी आफूले डलरमा खर्च जोड्नु पर्ने सिईओ राजभण्डारीको भनाइ छ । यस्तै, विजनेस भिसामा जानका लागि एक लाख डलरदेखि माथिको लगानीयोग्य पैसा र ३ लाख देखि ६ लाखसम्मको सम्पति देखाएपछि सजिलै क्यानडा जान सकिनेबारे पनि उनले जानकारी दिए । कामदार भिसाको लागि भने योग्य र क्षमतावान भएको हुनुपर्ने उनको भनाइ छ । अन्य पनि थुप्रै विषयहरु छन् । तपाई पनि क्यानडा जाने सोचमा हुनु हुन्छ र प्रक्रियाको बारेमा जानकार हुनुहुन्न भने तलको भिडियो पुरै हेर्न सक्नु हुन्छ । यहाँ तपाईका मनमा भएका प्रश्नहरुको पनि उत्तर दिइएको छ । सहभागीहरुले विभिन्न विषयमा आफ्नो प्रश्नहरु राखेका छन् । उनीहरुको प्रश्नको उत्तर दिँदै सिईओ राजभण्डारीले तपाईको मनमा लागेको प्रश्नको पनि उत्तर दिएका हुन सक्छन् । कन्सलटेन्सीमा पैसा बुझाउनु पूर्व यो भिडियो पुरै हेरेको अवस्थामा झण्डै ६० प्रतिशत बढी आफू योग्य भए नभएको थाहा हुनेछ । त्यसपछिको प्रक्रियाका लागि पनि सिईओ राजभण्डारीले सहयोग गर्ने छन् । हेरौं भिडियो   https://www.youtube.com/watch?v=jpH4B71oQB0
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै