नेभिगेशन
जीवनयापन

अघिल्लो नेतृत्वलाई गाली गर्न हुँदैन : मन्त्री गहतराज

काठमाडौँ - युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताएका छन् । आज (शुक्रबार) अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्को कार्यक्रममा बोल्दै मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाको काँधमा आएको बताएका हुन् । उनले अहिलेका युवाले राजनीतिक परिवर्तनको आन्दोलनका लागि रगत बगाउनुपर्ने अवस्था नभएको बताए । अब युवाको जिम्मेवारी र दायित्व देशको विकास गरेर समृद्ध बनाउनु रहेको बताए । उनले भने, ‘देशलाई सुखी र समृद्धि विकासको गतितिर दिशा दिने नयाँ अभिभारा युवाको काँधमा छ । असल नियतका साथ देशलाई विश्वसामु समृद्ध राष्ट्रका रूपमा अगाडि बढाउनुपर्ने दायित्व हाम्रो अगाडि छ ।’ मन्त्री गहतराजले युवाले देशलाई समृद्ध बनाउने अभिभारा बोक्नुपर्ने र अघिल्लो नेतृत्वलाई गाली गर्नु नहुने बताए । अघिल्लो नेतृत्वले स्थापित गरेको प्रणालीलाई गर्व गर्दै युवाले समृद्धको चरण पार गर्नुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै