नेभिगेशन
जीवनयापन

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण

काठमाडौँ - सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको कोरोना परीक्षणमा अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो । अहिले समान्य लक्षणसहित घरमै स्वास्थ्य लाभ लिइरहेको उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अध्यक्ष नेपालले केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रम स्थगित गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै