नेभिगेशन
जीवनयापन

सासु र श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाई भागेका ज्वाई पक्राउ

महोत्तरी - घरमा सुतिरहेका बेला सासु र श्रीमतीलाई मटिट्टतेल खन्याएर आगो लगाई फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी औरही नगरपालिका-८ भोयलका आरोपित शंकर सदालाई सार्वजनिक गरेको हो । श्रीमती र सासुलाई आगो लगाई फरार रहेका सदालाई प्रहरीको टोलीले बुधबार साँझ सम्सी गाउँपालिका-६ स्थित सम्सी-कन्हवा बोर्डरको नेपालतर्फको भागमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । शंकरले गत साउन २१ गते रातिको समयमा सुतिरहेको अवस्थामा ६५ बर्षिय सासु रेश्मा देवी र ३५ वर्षीया श्रीमती प्रमिलादेवीको शरीरमा मट्टितेल छर्किएर आगो लगाएर ज्यान मार्ने प्रयास गरेका थिए । गम्भीर घाइते भएका दुवैलाई उपचारको लागि अस्पताल पठाइएको थियो । दुवैको हात, पिठ्यु, छाती, पाखुरा, खुट्टा समेत जलेको छ दुवैको काठमाडौंको किर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै