नेभिगेशन
जीवनयापन

फोहरको गाडी रोक्नु , एम्बुलेन्स रोके सरह : मेयर शाह

काठमाडौँ - काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोके सरह भएको बताएका छन् । काठमाडौ महानगरपालिकाको आज बिहीवार बसेको कार्यपालिका बैठकमा मेयर शाहले फोहर व्यवस्थापन अति आवश्यक सेवा भएकाले फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोके सरह नै हुने बताएका हुन् । उनले फोहर बोकेका गाडी तोडफोड गर्ने तथा फोहोर फाल्न नदिनेलाई कारबाही गरिने पनि बताउनुभयो । कारबाही नभएमा अराजकता फैलिने मेयर शाहको भनाइ छ । सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले भदौ १ गतेदेखि फोहर फाल्न नदिने चेतावनी दिएका छन् । यसै सन्दर्भमा मेयर साहले फोहरबाट दुर्गन्धित नफैलियोस् भनेर सम्झौता भएअनुसार काठमाडौँ महानगरपालिकाले आफ्नो काम गर्दै आएको पनि बताएका छन् । पोस्ट क्लोजर (फोहर फासिलसकेपछि गर्ने व्यवस्थापन) र बाटो मर्मतका लागि बर्खाको समय भएकाले अलि समस्या देखिएको उहाँको भनाइ छ । अहिले तीनपिप्ले बालाजुको बाटो बनिरहेको छ । काठमाडौको फोहर व्यवस्थापनमा पटक-पटक अवरोध हुँदै आएको छ । गएको मङ्गलवार फोहर बोकेर बञ्चरे डाँडा गएका १५ वटा टिपरसहित १८ गाडीमा तोडफोड भएको थियो । पालिकाको चुनावभन्दा तीन/चार महिना अगाडिदेखि नै फोहर थुप्रिएको र अहिले बाटो मर्मतको काम भइरहेकाले महानगरको फोहोर व्यवस्थथापनमा ढिलाइ भएको देखिएको उनको भनाइ छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै