नेभिगेशन
जीवनयापन

युवतीलाई जबरजस्ती यौन गतिविधिमा लगाउने होटेल सञ्चालिका थुनामा

चितवन- युवतीलाई जबरजस्ती यौनजन्य गतिविधिमा संलग्न गराउने एक महिलालाई पुर्पक्षाका लागि थुनामा पठाइएको छ । तनहुँको साबिक पोखरी भञ्ज्याङ गाविस-५ घर भई चितवनको भरतपुर- १ मा कल्पना होटेल एन्ड गेस्ट हाउस सञ्चालन गर्दै आएकी ४० वर्षीया कल्पना महरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

महरालाई मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा अनुसन्धान गरी जिल्ला अदालत चितवनको २५ साउनको आदेशअनुसार मानव बेचबिखन मुद्दामा पुर्पक्षको लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । २२ वर्षीया एक युवतीलाई जबरजस्ती यौनजन्य क्रियाकलापमा लगाएको भन्ने पीडितको जाहेरीको आधारमा उनलाई ३१ असारमा वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै