नेभिगेशन
जीवनयापन

नागरिकता विधेयक प्रमाणीकरण गर्न माग

काठमाडौँ - नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट पास भइसकेको र प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुगेकाले सो विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष आग्रह गरेका छन् । उनले उक्त विधेयकले तराई तथा देशका अन्य भू-भागका नागरिकको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने भएकाले त्यसलाई प्रमाणीकरण गरेर कार्यान्वयनमा ल्याउनुपर्ने बताए । नेता यादवले अहिलेको पाँचदलीय गठबन्धन नेपाली जनताको आवश्यकताका आधारमा बनेको बताउँदै चुनाव र चुनावपछि पनि यही गठबन्धन कायम रहने स्पष्ट गरे । उनले वर्तमान सरकारले एक वर्षको छोटो अवधिमा नै यसअघिको सरकारले तीन वर्षसम्म गर्न नसकेका काम गरेको दाबी गरे । सोही कार्यक्रममा नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग गरे । नेता अधिकारीले घटाउनुपर्ने पेट्रोलियम पदार्थको मूल्य नघटाउँदा यसबाट नेपाली जनता प्रत्यक्षरूपमा महँगीको मारमा परेको तर्क गरे । उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्य १५-१५ दिनमा समायोजन हुनुपर्नेमा अहिलेसम्म गरेको छैन, त्यसलाई घटाउनु पर्छ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै