नेभिगेशन
जीवनयापन

न्याय परिषद्को कार्यालयमा तोडफोड, नुरप्रसाद अधिकारी पक्राउ

काठमाडौं - न्याय परिषद्को कार्यालयमा तोडफोड भएको छ । सर्वोच्च अदालत परिसरमा रहेको परिषद्मा गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले तोडफोड गरेका छन् । परिषद्का प्रवक्ता मानबहादुर कार्कीकाअनुसार अधिकारीले परिषद्को मुद्दा शाखामा तोडफोड गरेका छन् । साथै न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको कार्यकक्षको ढोकामा समेत फोडेर उनी भित्र पसेका थिए । अधिकारीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै