नेभिगेशन
जीवनयापन

प्रतिफलमा आधारित कामको प्राथमिकीरण गर्नुपर्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले प्रतिफलमा आधारित कामको प्राथमिकीकरण गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाबाट योजना सिफारिस गर्न आज जाजरकोट खलङ्गामा आयोजित विषयगत कार्यालयहरूको बैठकमा मन्त्री सिंहले प्रतिफलमा आधारित कामका लागि योजना र काममा प्राथमिकीकरण गर्न जिल्लास्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिए । चालु आर्थिक वर्ष २०७९/८० को साउन महिना सकिन लागेको जनाउँदै उनले पहिलो चौमासिकमा वित्तीय तथा भौतिक प्रगति देखिने काम गर्नुपर्नेमा जोड दिए । ‘मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कणर्ालीका १० जिल्ला गरी पाँच सय ८४ योजना छन्’, मन्त्री सिंहले भने, ‘यसमा साविक कर्णालीका पाँच जिल्लाका प्रत्येक वडामा रु २०-२० लाख र बाँकी पाँच जिल्लाका वडाहरूमा रु १५-१५ लाख बजेट विनियोजन गरिएको छ ।’ उनले असारलाई पेश्की फछ्र्यौटको महिनाका रूपमा स्थापित गर्न र अन्य महिनामा सम्पूर्ण काम गर्ने हिसाबले अगाडि बढ्नुपर्ने बताए । उनका अनुसार यो महिनाको मसान्तसम्म प्रदेश सरकारको बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वनयन गर्न मुख्यमन्त्री र मन्त्री, मन्त्री र सचिव, सचिव र महाशाखा प्रमुख तथा जिल्लास्थित कार्यालय प्रमुखबीच कार्यसम्पादन सम्झौता गरिने छ । आजको उक्त बैठकबाट मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र सिँचाइका योजनाहरू प्रदेश सरकारलाई सिफारिस गरिएको सामाजिक विकास कार्यालय जाजरकोटका कार्यालय प्रमुख खेमप्रसाद ढकालले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै