नेभिगेशन
जीवनयापन

प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटीमा उपचार चल्दै

काठमाडौँ - सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप गिरीको स्वास्थ्यमा सुधार भइरहेको नेपाली कांग्रेसले जनाएको छ । सांसद गिरीलाई घाँटीको क्यान्सर भएपछि भारतको मुम्बईमा उपचार गरिएको कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् । उनका अनुसार भारतमा गिरीको सफल उपचार भएको थियो ।

कांग्रेस सचतेक विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदीप गिरी विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात केही महिना पहिले नेपाल आउनु भयो ।’

मुम्बईमा उपचार गरेर नेपाल फर्किए लगत्तै निमोनिया देखिएको जनाइएको छ । त्यसपछि उनलाई लतिलपुरको नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको विश्वकर्माले जनाएका छन् । चिकित्सक र परिवारजनलाई उल्लेख गर्दै अहिले नेता गिरीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै