नेभिगेशन
जीवनयापन

माधव नेपालको गुनासो : पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो

काठमाडौं - सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको गुनासो गरेका छन् । बिहीबार पार्टी कार्यालय तीनकुनेमा आयोजित एक कार्यक्रममा उनले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ति जे पनि गर्ने प्रवृत्ति आफ्नो पार्टीका साथै नेपालको कम्युनिस्ट आन्दोलनभित्र देखिएको बताए । ‘म’ बाट शुरु गर्ने प्रवृत्ति व्याप्त रहेको र ‘मैले पाइनँ भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने’ प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ । सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्ने र ‘म’ भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । अध्यक्ष नेपालले जनताका समस्यालाई बुझ्ने गरी पार्टीको असल कार्यकर्ता भएर भूमिका निर्वाह गर्न निर्देशन पनि दिए । कार्यक्रममा पार्टीको प्रशिक्षणमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै