नेभिगेशन
जीवनयापन

लोकतान्त्रिक समाजवादी पार्टीले गर्यो आयोगमा दल दर्ता

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टीले आगामी मंसिर ४ गते तय भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गराएको छ। लोकतान्त्रिक समाजवादी पार्टी आज मध्याह्न दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुगेको हो। निर्वाचन आयोगले यही साउन २२ गतेदेखि दल दर्ता सुरु गरेको थियो। दल दर्ताको कार्यक्रम साउन ३१ गतेसम्म चल्ने छ। निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि तयार पारेको कार्यतालिका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको दिन तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशित गर्ने र २८ गतेदेखि मतपत्र छपाइ सुरु गर्ने आयोगको कार्यतालिका छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै