नेभिगेशन
जीवनयापन

डीआरको चौधौं उपन्यास कसुर सार्वजनिक

काठमाडौं– विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको छ । बुधबार राजधानीमा निर्देशक, लेखक तथा कलाकार मोहन निरौला, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघकार उपाध्याक्ष वसन्त वित्यासी थापा, स्रष्टा डा. उपाध्याय, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, पुस्तकका सम्पादक कृष्ण भुसालले संयुक्त रुपमा कृति सार्वजनिक गरे । संगीतकार श्रेष्ठले ‘कसुर’ सामाजिक उपन्यासले उपन्यासमा समाजमा रहेका विभिन्न घटनाक्रमलाई उजागर गरिएको बताए । स्रष्टा लेकालीले कृतिमा सामाजिक विषयवस्तु रहेको र पछिल्लो समय शैक्षिक परामर्शको नाममा खुलेका ‘कन्सल्ट्यान्सी’का बदमासीका बारेमा पनि उल्लेख गरेको बताए । गीतकार देवकोटाले डा. उपाध्यायको मूल लेखन गीत नै भएपनि उनका लगातार उपन्यास पनि पाठकमाझ आइरहेको बताए । कलाकार निरौलाले उपन्यास कसुर फिल्म बन्न सक्ने खालको कृति भएको टिप्पणी गरे । लेखक उपाध्यायले बाल्यकालदेखि वृद्धावस्थासम्म मानिसले जानी नजानी विभिन्न कसुर गर्ने गरेको कुरालाई उपन्यासमा उतारेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै