नेभिगेशन
जीवनयापन

पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरू बन्द

पोखरा– विद्यार्थीहरूमा एडिनो भाइरस देखिएपछि पोखराका अधिकांश विद्यालयहरू बन्द भएका छन् । उच्च ज्वरोले अस्पतालमा पुगेका ५० प्रतिशत बालबालिकामा एडिनो भाइरसका लक्षण भेटिएको छ । अधिकांश विद्यार्थीहरूमा उच्च भाइरल ज्वरोको मात्रा बढी देखिएपछि विद्यालयनै बन्द गर्नुपरेको हो । एडिनो भाइरसले विद्यार्थीहरूमा उच्च ज्वरो, टाउको दुख्ने, रुघाखोकी लाग्ने, वान्ता र झाडापखाला जस्ता लक्षण देखिएपछि पोखराका अधिकांश विद्यालय बन्द भएका हुन् । अन्य व्यक्तिहरूमा समेत भाईरस ज्वरोको संक्रमण देखिएको छ । भाइरस ज्वरोका बिरामीहरूले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बेडहरू भरिभराउ भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरत खत्रीले जानकारी दिनुभयो । पोखरामा एडिनो भाइरस चेकजाँच गर्ने मेसिन नहुँदा के भएको हो ठ्याक्कै भन्न नसकिएता पनि एडिना भाइरसको अनुमान गरिएको उनले बताए। समस्या बढ्दै गए काठमाडौँ चेकजाँचका लागि नमुना पठाएर भए पनि समस्याको समाधान खोजिने उहाँले बताए । यस्तो किसिमको भाइरसले विद्यार्थी संक्रमित् भएपछि पोखराका स्कुल बन्द हुने क्रम बढेको छ । विद्यार्थीमा उच्च ज्वरो आएपछि पोखरा १४ मा रहेको सहिद स्मृति विद्यालयले आइतबारबाटै पठनपाठन बन्द गरेको छ । विद्यार्थी स्कुल आउनै छाडेपछि पोखरा १९ मा रहेको गण्डकी बोडिङ स्कुलले पनि बुधवारबाट पठनपाठन रोक्ने सूचना जारी गरेको छ । एडिनो भाइरस नेपालमा काठमाडौँ हुँदै पोखरा छिरेको हुन सक्ने अनुमान गरिएको छ । ‘ एडिनो भाइरस पत्ता लगाउन काठमाडौँको टेकु अस्पताल जानुपर्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै